थपिए ९३४ कोरोना संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं – नेपालमा थप ९३४ जनामा संक्रमण पुष्टि भएकाे छ। देशभर गरिएको २ हजार ८६२ पीसीआर र २ हजार ४८९ जनाको एन्टीजेन परीक्षणका क्रममा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ४७० जना निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७२ हजार ९६७ पुगेको छ। उक्त अवधिमा एक जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९७२ पुगेको छ। देशभर हाल ५ हजार ६८६ जना सक्रिय संक्रमित छन्।



Leave a Reply

Your email address will not be published.