बालेन शाहले दिए नर्भिकले नियमविपरीत बनाएका संरचना हटाउन निर्देशन

हेल्थपोस्ट नेपाल

काठमाडौं–काठमाडौं महानगरपालिकाले नर्भिक अस्पतालले नियमविपरीत बनाएका घर टहरा हटाउन निर्देशन दिएको छ। महानगरको शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले मेयर बालेन शाहको आदेशभन्दै उक्त निर्देशन दिएका हुन्।

सरकारको नाममा दर्ता कायम रहेको कित्ता नम्बर २०८५ क्षेत्रफल १–८–१–१ जग्गा अस्पताले लिजमा लिई उक्त जग्गाको पश्चिमतर्फ निर्मित संरचना (क्यान्टिन भवनलगायत) सरकारसँग भएको सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले मेयरको आदेशअनुसार २४ घण्टाभित्र हटाउन निर्देशन दिएको हो।

संरचना नहटाए नियमअनुसार कारबाही गरिने महानगरले निर्देशनमा उल्लेख गरेको छ।



Leave a Reply

Your email address will not be published.