भारतमा फेला पर्‍यो मंकीपक्सको नयाँ भेरियन्ट

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतमा मंकीपक्स भाइरसको नयाँ भेरियन्ट फेला परेको छ। इण्डियन काउन्सील अफ मेडिकल रिसर्च–नेशनल इन्स्टीच्युट अफ भाइरोलोजीले भारतमा मंकीपक्सको ‘ए.टु’ नामक भेरियन्ट फेला परेको जनाएको हो।

नयाँ भेरियन्टबाट २ जना संक्रमित भएको बताइएको छ। उनीहरु हालै युएईबाट फर्किएको बताइएको छ। यो भेरियन्ट युरोपमा हाल देखा परेको भाइरसभन्दा फरक रहेको बताइएको छ।

हालसम्म ८० मुलुकमा फैलिइसकेको यो भाइरसबाट भारतमा १ जनाको मृत्यु भइसकेको छ। यो भाइरसलाई विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषित गरिसकेको छ।



Leave a Reply

Your email address will not be published.