राष्ट्रपतिबाट प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो

हेल्थपोस्ट नेपाल

काठमाडाैं-राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गरेकी छन्।

राष्ट्रपतिका तर्फबाट उनका सूचना तथा सञ्चार विज्ञ टीका ढकाल आइतबार अस्पताल पुगेर गिरी र उनको सचिवालयलाई भेटी स्वास्थ्यलाभको कामना गरेका हुन्। ढकालले गिरी क्यान्सरको उपचारका लागि भारतमा रहँदा पनि राष्ट्रपतिबाट स्वास्थ्यावस्थाबारे चासो व्यक्त भएको र काठमाडौँ फर्किएपछि स्वास्थ्य समस्याका कारण गिरी अस्पताल भर्ना भएपछि पनि आफूलाई भेट्न पठाएको जानकारी दिए।



Leave a Reply

Your email address will not be published.