कोरोना भर्सेस मंकीपक्स : के फरक छ यी दुईमा ?

हेल्थपोस्ट नेपाल

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंकीपक्सलाई ‘स्वास्थ्य संकटकाल’ को रुपमा घोषणा गरेको छ। यसको संक्रमण बढ्दै जाँदा अमेरिकालगायतका कैयौं मुलुकले पनि संकटकाल घोषणा गरेका छन्। डब्लुएचओले मंकीपक्स कोरोनाजस्तै भाइरल रोग भएको भन्दै विश्वका सबै मुलुकलाई अलर्ट रहन सुझाव दिएको छ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) का अनुसार विश्वका ८७ मुलुकहरु हालसम्म मंकीपक्सबाट प्रभावित भइसकेका भने कूल संक्रमितको संख्या २६ हजारभन्दा बढी पुगेको छ। यसबाहेक अन्य कैयौं मानिसहरुमा पनि मंकीपक्सको आशंकामा परीक्षण भइरहेका छन्। नेपालको छिमेकी मुलुक भारतमा ९जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने एक जनाको मृत्यु भएको छ।

के फरक छ कोरोना र मंकीपक्समा?
१. कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासका माध्यमबाट सर्छ। मेडिकल भाषामा यसलाई एक्युट रेस्पिरेटोरी सिन्ड्रोम भनिन्छ। जबकि मंकीपक्स अर्थोपक्स भाइरसको माध्यमबाट फैलन्छ।

२. कोरोना श्वासप्रश्वासको माध्यमबाट फैलन्छ र संक्रमित व्यक्तिको श्वासबाट निस्किएको ड्रपलेट्सको माध्यमबाट अर्को व्यक्तिमा सर्छ। सामान्यतः यो भाइरस श्वासको माध्यमबाट नै कुनै व्यक्तिको शरीरमा प्रवेश गर्छ। यसबाहेक संक्रमित व्यक्तिले उपयोग गरेको तौलिया या अन्य सामान उपयोग गर्दा नाक र मुखमार्फत् प्रवेश गर्छ।

३ मंकीपक्स भाइरस जनावरको सम्पर्कका माध्यमबाट मानिसमा सर्छ। जब कुनै मानिसले संक्रमित जनावरलाई छुन्छ या त्यस्ता जनावरका मासु खान्छन् भने उक्त व्यक्तिमा संक्रमण सर्छ। त्यसपछि संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सजिलो फैलन सक्छ।

४. कोरोना भाइरस शरीरभित्र प्रवेश गरिसकेपछि लाखौं कपी बनाएर शरीरको रोगप्रतिरोधात्मक क्षमताम आक्रमण गर्छ। जबकि मंकीपक्सको भाइरस संक्रमित व्यक्तिको शरीरबाट निस्किएका तरल पदार्थको सम्पर्कमा आएपछि सर्ने हुन्छ।

५. कोरोनाको संक्रमण फैलाउने भाइरसमा सिंगल स्ट्रेन्ड जेनेटिक मेटेरियल कोड हुन्छ, जसलाईृ आरएनए भनिन्छ। जबकि मंकीपक्स फैलाउने भाइरसमा डबल स्ट्रेन्डेन्ड जेनेटिक कोड हुन्छ, जसको सम्बन्ध डीएनएसँग हुन्छ।

६. कोरोनाको संक्रमण दर मंकीपक्सको तुलनामा निकै उच्च हुन्छ। यसैले मंकीपक्स कोरोनाभन्दा कम खतरनाक मानिएको छ।

७. सार्स–कोभ–२ नामले चिनिने कोरोना भाइरस पहिलोपटक सन् २०१९ मा चीनको वुहानमा फेला परेको थियो भने मंकीपक्स भाइरस पहिलोपटक सन् १९५८ मा मध्य अफ्रिकामा फेला परेको थियो।

८. मंकीपक्स ठेउला प्रजातिमा पर्छ। यसका लक्षणमा डाबर आउने, ज्वरो आउने, मांसपेशी दुख्ने, टाउको दुख्ने आदि हुन्छ। अर्कोतर्फ कोरोनाका लक्षणमा ज्वरो आउने, घाँटी दुख्ने, खोकी, नाकबाट पातलो सिंगान बग्ने, जोर्नी दुख्ने, टाउको दुख्ने, श्वासमा कठिनाइ हुने, छाति दुख्ने, गन्ध र स्वाद हराउने आदि हुन्छ।

९. कोरोनाको खोप बजारमा उपलब्ध भइसकेको छ। कतिपयले यसको बुस्टर डोजसमेत लगाइसकेका छन्। तर मंकीपक्सको खोप अहिलेसम्म विकास भइसकेको छैन। तर ठेउलाप्रजातिमा पर्ने भएकाले ठेउलाको खोप, एन्टिभाइरलजस्ता विधिले मंकीपक्सबाट रक्षा गर्नसक्छ।

 



Leave a Reply

Your email address will not be published.