थप ८१४ मा संक्रमण पुष्टि, सक्रिय संक्रमित पाँच हजार नाघे

हेल्थपोस्ट नेपाल

पछिल्ला दिनयता सयौँको सङ्ख्यामा सङ्क्रमित थपिएसँगै कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४४ पुगेको छ।

मंगलबार पाँच हजार ४१५ नमूनाको परीक्षण गर्दा ८१४ सङ्क्रमित फेला परेका छन् । दुई हजार ७६२ नमूनाको आरटी पिसिआर परीक्षण गर्दा ५०९ र दुई हजार ६५३ नमूनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा सङ्क्रमण पुष्टि भएको हो।

सङ्क्रमितमध्ये होम आइसोलेनमा चार हजार ९८५, संस्थागत आइसोलेनसमा १५९, आइसीयूमा ३८ र भेन्टिलेटरमा पाँच जनाको उपचार भइरहेको छ । हालसम्म नेपालमा नौ लाख ७३७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म नौ लाख ७० हजार ६२५ सङ्क्रमणमुक्त भएका छन् भने ११ हजार ९६८ को मृत्यु भएको छ ।

मंगलबार २९९ जना सङ्क्रमणमुक्त भएका छन् भने ११ हजार ५१३ ले कोरोनाविरुद्धको खोप लगाएका छन्। नेपालमा हालसम्म दुई करोड १५ लाख ६३ हजार ६५३ ले खोपको पहिलो मात्रा, दुई करोड पाँच लाख ९२ हजार ४१६ ले पूर्ण मात्रा र ७२ लाख ७८ हजार ५५७ ले अतिरिक्त मात्रा लगाएको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.