प्रदेश १ का मुख्यमन्त्रीलाई कोभिड संक्रमण

हेल्थपोस्ट नेपाल

काठमाडौै–प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड–१९ संक्रमित भएका छन्।

मुख्यमन्त्री राईका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार मुख्यमन्त्रीसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको सोमबार पिसिआर परीक्षण गर्दा मुख्यमन्त्री राईसहित तीनजनामा कोभिड सङ्क्रमण देखिएको हो।

पिसिआर परीक्षण गर्दा मुख्यमन्त्री राईकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईसहित तीन जनामा कोभिड पोजेटिभ देखिएको छ।

उनीहरु सबै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। कोभिड सङ्क्रमणका कारण मुख्यमन्त्री राईले भेटघाटलगायत सबै कार्यक्रम हाललाई स्थगित गरेको जनाइएको छ।



Leave a Reply

Your email address will not be published.