कोरियामा एकैदिन एक लाख एघार हजारभन्दा बढी संक्रमित

हेल्थपोस्ट नेपाल

दक्षिण कोरियामा २४ घण्टामा एक लाख ११ हजार सात सय ८९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।

यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९९ लाख ३२ हजार चार सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण धेरै बढेको पाइएको छ। अघिल्लो दिन ४४ हजार छ सय ८९ जना सङ्क्रमित रहेका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले जानकारी दिएको थियो ।

यस्तै ४५ हजार तीन सय ५ जना कोरोनामुक्त भएका छन्।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या २८२ पुगेको छ। यस अवधिमा थप १६ जनाको मृत्यु भएपछि कोरोना शुरुभएयता हालसम्म कूल मृतक सङ्ख्या २५ हजार ८४ पुगेको छ । कूल मृत्युदर ०.१३ प्रतिशत रहेको छ।



Leave a Reply

Your email address will not be published.