६२० मा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडाैैं-देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ६५१ जनाको पिसीआर र तीन हजार १९५ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा २९७  जना निकाे भएका छन् । यससँगै निकाे हुनेको सङ्ख्या नौ लाख ७० हजार ६२ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २५ हजार ४३६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५६७ रहेको छ। जसमा होम आइसोलेसनमा चार हजार ४२४, संस्थागत आइसोलेसन १४३ र आइसीयू ३३ र भेन्टिलेटरमा पाँच सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ र कास्की छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार ६०५ र ललितपुर ५०५ र भक्तपुरमा ३७ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।



Leave a Reply

Your email address will not be published.