थपिए ४३८ संक्रमित, सक्रिय संक्रमितकाे संख्या ४३६९, २ जनाकाे मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४३८ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार ७७९ पीसीआर र १ हजार ९२० जनाको एन्टीजेन परीक्षणका क्रममा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
साे अवधिमा २७७ जना संक्रमित निको भएका छन् भने दुई कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६६ पुगेको मन्त्रालयले जनाएको छ। देशभर हाल ४ हजार ३६९ जना सक्रिय संक्रमित छन्।