औषधिबारे जानकारी दिन फेक्ट नेपालले सञ्चालनमा ल्यायो निःशुल्क सूचना केन्द्र

हेल्थपोस्ट नेपाल

काठमाडौं–नागरिकले प्रयोग गरेका वा चिकित्सकबाट सिफारिस गरिएका औषधिका बारेमा जानकारी दिन फेक्ट नेपालले औषधि सूचना केन्द्र सञ्चालनमा ल्याएको छ।

औषधि के–का लागि हो, औषधिको नाम के हो?, दिनमा कति पटक खाने या प्रयोग गर्ने, कहिलेसम्म सेवन या प्रयोग गर्ने, निर्धारित समयमा सेवन या प्रयोग गर्न बिर्से के गर्ने, औषधिबाहेक के के कुरामा ध्यान दिनेजस्ता विषयमा जानकारी दिन केन्द्र सञ्चालनमा ल्याएको हो।

यस्ताबारेमा टोल फ्रि नम्बरमा फोन गरेर निःशुल्क परामर्श लिन सकिने फेक्ट नेपालले जनाएको छ।



Leave a Reply

Your email address will not be published.