काेराेना महामारी : परीक्षणको १४ प्रतिशतमा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडाैं-पछिल्लो समय कोरोना संक्रमण दर तीव्र रूपमा बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार परीक्षण गरिएको नमूनाको १४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ।

बिहीबार पाँच हजार २५ नमूनाको परीक्षण गर्दा ७१० जनामा सङ्क्रमण पुष्टि भएको छ। जुन कूल परीक्षणकाे १४ प्रतिशत हो । बिहीबार दुई हजार ५४१ नमूनाको पिसीआर विधिबाट परीक्षण गर्दा ५२४ र दुई हजार ४८४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

बिहीबार २१५ सङ्क्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार २३६ पुगेको छ । बिहीबार ५९ हजार ४७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।



Leave a Reply

Your email address will not be published.