५६४ संक्रमित थपिए, एक जनाको निधन

काठमाडौं-नेपालमा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ४ हजार ४५४ सय जनाको परीक्षण गर्दा ५६४ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा थप एक जनाकाे मृत्यु भएकाे छ भने २०२ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा ३ हजार ९२९ जना सक्रिय संक्रमित रहेका छन् ।