चिकित्सा शिक्षाः पाकिस्तानबाट प्राप्त छात्रवृत्ति सिटका लागि आवेदन आव्हान

काठमाडौं–चिकित्सा शिक्षा आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन पेश गर्न आव्हान गरेको छ।
शैक्षिक सत्र २०२२/२३ का लागि प्राप्त पाकिस्तान टेक्निकल असिस्टेन्ट प्रोग्राम (पीटाप) अन्तर्गत स्नातक तहका सिटमा साउन १६ गतेभित्र आवेदन दिन आयोगले आग्रह गरेको हो।
उक्त छात्रवृत्तिमा एमबीबीएसका लागि १०, बीडीएसका लागि १ र डी फार्मेसीका लागि ४ सिट छन्। जसमा समानुपातिकतर्फका सिट पनि समावेश छन्।