परीक्षण बढ्दै जाँदा तीव्र हुँदै काेरोना, ६३८ जनामा संक्रमण पुष्टि, २ को मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ५०५५ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ भने २१८ जना निको भएका छन्।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको छ।



Leave a Reply

Your email address will not be published.