कोरोना संक्रमणका कारण २ जनाको मृत्यु, थप ३४७ मा संक्रमण पुष्टि, सक्रिय संक्रमित ३ हजार नाघे

काठमाडौं–नेपालमा थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ८८८ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
यो अवधिमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ भने ९५ जना निको भएका छन्। योसँगै नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको सख्या ३ हजार १ सय ७७ पुगेको छ।