मलेसियामा कोभिडका बिरामी बढे, नौ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

क्वालालम्पुर-मलेसियामा काेभिडका बिरामी बढेका छन्। शनिबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार आठ सय १६ जना कोभिडका नयाँ बिरामी थपिएका छन् भने नौ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको संख्या ४६ लाख ४८ हजार नौ सय ३१ पुगेको छ भने ३५ हजार नौ सय ११ जनाले ज्यान गुमाएका छन्।

यसैबीच, न्युजिल्याण्डमा पाँच हजार पाँच सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको तथा हालसम्म एक हजार नौ सय ९० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।



Leave a Reply

Your email address will not be published.