मेडिकल काउन्सिलको विशेष परीक्षा आज

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपाल मेडिकल काउन्सिलले आज शनिबार ‘विशेष परीक्षा’ सञ्चालन गरेकाे छ। काउन्सिलले आज ४५ वटा विषयका लागि दुई चरणमा परीक्षा सञ्चालन गरेकाे हो।

पहिलो चरणमा ७ विषयका लागि बिहान १० बजेदेखि परीक्षा सुरु भएकाे छ। यस्तै, दोस्रो चरणमा ३८ विषयका लागि दिउँसो २ बजेदेखि परीक्षा सुरु हुने काउन्सिलले जनाएको छ।

परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ कलेज, सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुनेछ।



Leave a Reply

Your email address will not be published.