अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

काठमाडौं-अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ। ह्वाइट हाउसले बाइडेनलाई कोरोना संक्रमण भएको पुष्टि गरेकाे हाे।

७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाको हल्का लक्षण देखिएको छ। कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन ह्वाइट हाउसमा आइसोलेसनमा छन्।

राष्ट्रपति बाइडेन कोरोना निको नहुन्जेलसम्म आइसोलेसनमा रहने ह्वाइट हाउसले जनाएको छ। यद्यपि उनले टेलिफोन र जुममार्फत् बैठकहरूमा भाग लिनेछन्।



Leave a Reply

Your email address will not be published.