कोभिड संक्रमणको बढ्दो जोखिम कम गर्न सावधानीका लागि स्वास्थ्य मन्त्रालयको आग्रह

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गरी आ–आफ्नो स्थानमा सावधानीका कार्य गर्न आग्रह गरेको छ।

मन्त्रालयले सबै सरकारी, गैह्रसरकारी कार्यालय तथा मानिसको भिडभाड हुने स्थानमा अनिवार्य मास्कको प्रयोग गराउन तथा प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्न आग्रह गरेको छ।

यस्तै, विमानस्थल, हवाईलगायत सार्वजनिक यातायात, गोष्ठी सेमिनार, बैठकजस्ता भिडभाड हुने कार्यक्रम, विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भिडभाड हुने प्रकृतिका व्यवसायिक तथा मनोरन्जनस्थल, स्टेडियम तथा सार्वजनिक स्थलमा मास्क अनिवार्य गर्न भनेको छ।

कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न, अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकाहरुमा निगरानी थप बलियो र प्रभावकारी बनाउन पनि मन्त्रालयले आग्रह गरेको छ।

यस्तै, संक्रमण पुष्टि भई होम आइसोलेसनमा बस्न उपयुक्त नभएका वा संक्रमणपश्चात् स्वास्थ्य जटिलता देखिएका व्यक्तिहरु प्रदेशअनुसार तोकिएका कोभिड संक्रमितको उपचार गर्ने अस्पतालमा गई उपचारको प्रबन्ध गर्न मन्त्रालयले अनुरोध गरेको छ।



Leave a Reply

Your email address will not be published.