थप ४३५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २५ सय नाघ्यो

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ६६७ पीसीआर र १ हजार ९०२ जनाको एन्टीजेन परीक्षणका क्रममा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा ५६ जना निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार २२८ पुगेको छ। उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। देशभर हाल २ हजार ५३७ जना सक्रिय संक्रमित छन्।



Leave a Reply

Your email address will not be published.