यस्ता छन् स्वास्थ्य बिमा बोर्डका १७ बुँदे नीति तथा कार्यक्रम [पूर्ण विवरणसहित]

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्य बिमा बोर्डले आर्थिक वर्ष २०७९/८० का लागि १७ बुँदे वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

नीति तथा कार्यक्रममा चालु आवमा स्वास्थ्य बिमामा आबद्ध घरपरवार संख्या ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याउने, सेवा प्रदायकले दाबीगर्दा सरल, प्रभावकारी र एकरुपताका लागि उपयुक्त किसिमको इएमआर सफ्टवेयर लागू गर्ने र बिमा सूचना प्रविधिका लागि नयाँ सफ्टवेयर निर्माण गर्ने उल्लेख छ।

यस्तै, कडा रोगको उपचारसँग सम्बन्धित कार्यक्रमलाई बिमा व्यवस्थापन सूचना प्रणालीमा आबद्ध गरी सञ्चालन गर्न आवश्यक जनशक्ति, कार्यविधि, निर्देशिकाका साथै अन्य व्यवस्थापन गर्ने पनि बोर्डले उल्लेख गरेको छ।

बोर्डले बिमा कार्यक्रममा नागरिकको आबद्धता र नवीकरणको दर वृद्धि गर्नलाई ड्रप आउट बढी भएको र आबद्धता कम भएका क्षेत्रमा (मधेश प्रदेश) जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सन्चालन गर्ने र हाल गरिबी पहिचान भएका थप २३ जिल्लामा नागरिकताको आबद्धता बढाउन विशेष कार्यक्रम सञ्चालन गरिने जनाएको छ।



Leave a Reply

Your email address will not be published.