स्वास्थ्य बिमालाई पूर्ववत व्यवस्थाअनुरुप नै गर्न एमालेकाे माग

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत व्यवस्थाअनुरुप नै स्वास्थ्य बिमा कार्यक्रमलाई सुचारुगर्न सरकारसँग माग गरेको छ।

विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै बजेट बक्तव्यमार्फत् आएको स्वास्थ्य बिमासम्बन्धी जनविरोधी नीति फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन्।

बजेट बक्तव्यमार्फत् आएको सरकारको नीतिले बिमा प्दायक संस्थाको संख्या घटाएर सहज पहुँचबाट टाढा राख्ने र अर्कोतिर सामाजिक स्वास्थ्य बिमामा निजी कम्पनीहरु प्रवेश गराई सरकार आफ्नो दायित्वबाट पन्छने षडयन्त्र गरेको एमालेले उल्लेख गरेको छ।

हालै देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम बन्द गरिएका सार्वजनिक भएपछि एमालेल बिमाबारे आफ्ना धारणा सार्वजनिक गरेको हो।

बजेट वक्तव्यको १५१ नं बुँदामा ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरुलाई सामुदायिक तथा सरकारी अस्पतालहरुबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ। यसका लागि सबै सामुदायिक तथा सहकारी अस्पतालहरुमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनीमार्फत् सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ’ भनी उल्लेख गरिएको छ।



Leave a Reply

Your email address will not be published.