‘अक्सिजेनेटर’ अभावमा गंगालालमा रोकियो मुटुको शल्यक्रिया

हेल्थपोस्ट नेपाल

काठमाडौं–शल्यक्रियाका समयमा अत्यावश्यक ‘अक्सिजेनेटर’ अभाव भएपछि गंगालाल हृदय केन्द्रमा मुटुको शल्यक्रिया रोकिएको छ। शल्यक्रिया रोकिएपछि मंगलबार ४५ बिरामीलाई घर पठाइएको छ।

५० हजार रुपैयाँसम्म पर्ने यो उपकरणको रकम बिरामीले नै तिर्नुपनैृ भएपछि अस्पतालमा नभएपछि शल्यक्रियासमेत हुन नसकेको हो। मुटुको शल्यक्रिया गर्दा मुटु र फोक्सोको काम कृत्रिम रुपमा सञ्चालन गर्नुपर्छ। यसका लागि अक्सिजेनेटरले सहयोग गर्छ। यसले रगतमा भएको कार्बनडाइअक्साइड हटाएर अक्सिजन आपूर्ति गर्ने काम गर्छ।

अस्पतालले एक महिनाअघि मात्र हस्पिटेक इन्टरप्राइजेजमार्फत् टालीको सोरिन कम्पनीबाट १५४६ वटा अक्सिजेनेटर ल्याउने प्रक्रिया थालेको छ। तर त्यो कहिले आउने निश्चित छैन।



Leave a Reply

Your email address will not be published.