बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकूलपति डा रौनियारको निधन

हेल्थपोस्ट नेपाल

काठमाडौं–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति डा राजकुमार रौनियारको निधन भएको छ। मिर्गौला रोगबाट पीडित उनको मंगलबार बिहान १० बजे निधन भएको हो।

नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजालले एक शोक विज्ञप्ति जारी गर्दै डा रौनियारले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा पु¥याएको अतुलनीय योगदान सबैको मानसपटलमा सदा सर्वदा स्मरणीय रहनै जनाएका छन्। डा रौनियार रेडियोलोजी विशेषज्ञ थिए।

डा रौनियारको बुधबार बिहान दुहबीस्थित बुढीखोलामा अन्त्यष्टि गरिने बताइएको छ।

प्रतिष्ठानको उपकुलपति रहँदा उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा समेत हालेको थियो। जसमा गत महिना मात्र उनले सफाइ पाएका थिए।



Leave a Reply

Your email address will not be published.