काठमाडौंमा आजदेखि कोरोनाविरुद्ध खोपको तेस्रो डोज लगाइँदै

काठमाडौं–काठमाडौंमा आजदेखि कोभिडविरुद्धको तेस्रो डोज लगाउन सुरु गरिएको छ। खोप अभियानका क्रममा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिशिल्ड खोप दिइनेछ।
स्वास्थ्य कार्यालयका काठमाडौंका प्रमुख वसन्त अधिकारीले काठमाडौं जिल्लाका सबै नगरपालिकाका स्वास्थ्य केन्द्रमा खोप उपलब्ध हुने जानकारी दिए।
दोस्रो डोज लगाएको तीन महिना पुगेका नागरिकले तेस्रो डोज लगाउन सक्ने जनाइएको छ।
काठमाडौंमा जम्मा २३ प्रतिशतले तेस्रो डोज लगाएको तथ्यांक छ। अपेक्षाकृत रुपमा तेस्रो डोज नलगाएको र सरकारसँग पनि पर्याप्त मात्रामा खोप उपलब्ध भएपछि खोप अभियान सञ्चालन गरिएको हो।
यो खोप अभियान आगामी शुक्रबारसम्म सञ्चालन हुनेछ।