५, १० र १५ शय्याका आधारभूत अस्पतालको संगठन संरचना र दरबन्दी स्वीकृत, कुन स्थानीय तहमा कस्तो अस्पताल? [विवरणसहित]

हेल्थपोस्ट नेपाल

काठमाडौं–सरकारले स्थानीय तहमा सञ्चालनमा आउन लागेका ५, १० र १५ शय्याका आधारभूत अस्पतालहरुको नमुना संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत असार २१ को निर्णयअनुसार आधारभूत अस्पतालहरुको संगठन संरचना र दरबन्दी स्वीकृत गरेको हो।

स्वास्थ्य मन्त्रालयको गत असार २७ को पत्रका आधारमा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सोमबार नमुना संगठन संरचना र दरबन्दी पठाएको हो।

स्वीकृत ५ शय्याको आधारभूत प्रस्तावित दरबन्दी तेरिज १८ जनाको रहेको छ। जसमा एक जना मेडिकल अधिकृत, ४ जना स्टाफ नर्स र ३ जना हेल्थ असिस्टेन्ट रहेका छन् भने कविराज आयुर्वेद सहायक, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी सहायक, डेन्टल हाइजिनिस्ट, नायब सुब्बा र सरसफाईकर्मी १–१ जना रहेका छन्।

यस्तै, १० शय्याको आधारभूत अस्पतालमा २२ जनाको र १५ शय्याको अस्पतालमा ३० जनाको दरबन्दी रहनेछ।



Leave a Reply

Your email address will not be published.