कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थाल्यो, ४५७ संक्रमित थपिए, १ को मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५७ संक्रमित थपिनुका साथै १ जनाको मृत्यु भएको छ।

४ हजार ६५१ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

जसमध्ये काठमाडौंमा मात्रै १६३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, मोरङमा ६२, सुनसरीमा १०, भक्तपुरमा १०, ललितपुरमा ४५, मकवानपुरमा २८ र कास्कीमा ९ जनामा संक्रमण पुष्टि भएको छ।

यो अवधिमा ४८ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७७६ पुगेको छ। २४ घण्टा अवधिमा ९८ हजार ९०० जनाले खोप लगाएका छन्। यस्तै, संक्रमण दर १७ प्रतिशत पुगेको छ।



Leave a Reply

Your email address will not be published.