मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग गर्यो ठूलो संख्यामा चिकित्सक, प्राध्यापक तथा प्राविधिकहरु

काठमाडौं–मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले करार सेवामा चिकित्सक, स्वास्थ्यकर्मी तथा प्राविधिकहरु माग गरेको छ। प्रतिष्ठानले साउन १ गतेको मितिले १५ दिनभित्र विभिन्न पदहरुमा आवेदन आव्हान गरेको हो।
मेडिकल अधिकृत (आठौं), नर्सिङ अधिकृत, हेल्थ असिस्टेन्ट, फार्मेसी अधिकृत, डेन्टल अधिकृत, मेडिकल प्रयोगशाला अधिकृत, मेडिकल ल्याब टेक्निसियन, एनेस्थेसिया टेक्निसियनलगायतका पदमा आवेदन आव्हान गरिएको हो।
यस्तै, एनाटोमी, फिजियोलोजी, फार्मोकोलोजी, माइक्रोबायोलोजीलगायतका पदहरुमा सहायक प्राध्यापक तथा लेक्चररहरु पनि माग गरिएको छ।