मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा ५ पक्राउ

हेल्थपोस्ट नेपाल

काठमाडौं–प्रहरीले मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आइतबार पत्रकार सम्मेलन गरी जनाएअनुसार रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, बिमलबहादुर शाही र झापाका आशिष तामाङ पक्राउ परेका हुन्। उनीहरुले सडक बालबालिकाहरुलाई प्रलोभनमा पारी भारत पुर्‍याएर मिर्गौला बेचेको प्रहरीले जनाएको छ।

गिरोहले बालबालिकाहरुलाई एउटा मिर्गौला बेच्दा ५ लाख रुपैयाँसम्म आम्दानी हुने प्रलोभन देखाएको प्रहरीले जनाएको छ।



Leave a Reply

Your email address will not be published.