स्वास्थ्यका अधिकांश सूचकमा न्यून प्रगति

हेल्थपोस्ट नेपाल

काठमाडौं–पन्ध्रौं योजनामा स्वास्थ्य क्षेत्रमा तोकिएका सूचकमध्ये अधिकांश सूचकको लक्ष्यमा न्युन प्रगति देखिएको छ।

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार परिवार नियोजनको आधुनकि साधनको प्रयोग दर, प्रोटोकलअनुसार ४ पटकसम्म गर्भवती जाँच गर्ने महिला, भिटामिन ए प्राप्त गर्ने महिला, डीपीटी हेप खोप तेस्रो प्राप्त गर्ने बालबालिका, दादुरा खोप प्राप्त गर्ने बालबालिका, तोकिएबमोजिम सबै खोप पाउने बच्चा, नयाँ एचआईभी संक्रमित र स्वास्थ्य बिमामा आबद्ध जनसंख्यासम्बन्धी लक्ष्यमा न्युन प्रगति भएको छ।

प्रतिवेदनअुनसार आर्थिक वर्ष २०७७/७८ मा परिवार नियोजनको आधुनिक साधनको प्रयोग दर ५२ तोकिएकोमा प्रगति ४४.२ मात्र भएको छ। यस्तै, प्रोटोकलअनुसार चार पटक गर्भवती जाँच गर्ने महिला ७१ प्रतिशत पु¥याउने लक्ष्य राखिएकोमा ५४.८ प्रतिशतमात्र भएको छ।

भिटामिन ए प्राप्त गर्ने महिला ७५ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएकोमा ५९, डीपीटी हेप खोप तेस्रो प्राप्त गर्ने बालबालिका ९१ प्रतिशतको लक्ष्य राखिएकोमा ८६.२, दादुरा खोप प्राप्त गर्ने बालबालिका ९१ प्रतिशतको लक्ष्यमा ८१.१, तोकिएबमोजिम सबै खोप पाउने बच्चा ९० प्रतिशतको लक्ष्यमा ६४.५, स्वास्थ्य बिमामा आबद्ध भएको जनसंख्या ४० प्रतिशत पुर्‍याउने लक्ष्य भएकोमा १८.१७ प्रतिशतमात्र रहेको छ।

पन्ध्रौं योजनाका नतिजा खाकामा विभिन्न कानून, कार्यविधि, मापदण्ड तथा संगठन संरचना तयार गरी कार्यान्वयन गर्ने उल्लेख छ। तर महालेखाका अनुसार योजना कार्यान्वयनको दुई वर्ष पूरा भएकोमा स्वास्थ्य संस्थाको संख्या, प्रकार, स्थान तथा आवश्यक स्वास्थ्य जनशक्तिको निर्धारण गुरुयोजना, एकीकृत राष्ट्रिय स्वास्थ्य वित्तिय रणनीति, स्वास्थ्य विज्ञानप्रतिष्ठानहरुको एकीकृत छाता ऐनलगायतका दस्तावेज तर्जुमा भए पनि स्वीकृत भएको नपाइएकोृ जनाएको छ।

आवश्यक दस्तावेज तथा संगठन संरचना बनाई उल्लेख भएका क्रियाकलाप निर्धारित समयावधिभित्र कार्यान्वयन गर्न पनि महालेखाले सुझाव दिएको छ।



Leave a Reply

Your email address will not be published.