यस्ता छन् स्वास्थ्यका विषयमा एमालेले सरकारमाथि लगाएका २६ आरोप [पूर्णविवरणसहित]

हेल्थपोस्ट नेपाल

काठमाडौं–एमालेको स्वास्थ्य विभागले सरकारको एक वर्षको स्वास्थ्य क्षेत्रको मूल्यांकन २६ बुँदामार्फत् सार्वजनिक गरेको छ। विभागले शुक्रबार पत्रकार सम्मेलन गरी स्वास्थ्य क्षेत्रमा सरकारले गरेको कार्यको आलोचना गरेको हो।

एमालेले सरकारले २०७८ चैत मसान्तसम्म शतप्रतिशत खोप लगाउने भनी गरेको घोषणा हावादारी गफमा परिणत भएको, बालबालिकामा खोपको पहुँच अझै अन्त्यन्तै न्यून भएको, बीए ५ भेरियन्टको असर र फैलावट थप तीव्र रहे पनि थप सतर्कता र पूर्वतयारीमा कुनै काम गर्न नसकेको आरोप लगाएको छ।

यस्तै, बजेट व्यवस्थापनका दृष्टिले सरकार जनस्वास्थ्यको सवालमा उदासीन भएको र असफल भएको प्रमाणित भएको पनि एमालेले आरोप लगाएको छ।

पूराना र नयाँ बनेका अस्पतालमा जनशक्तिको यथोचित व्यवस्थापन गर्न नसकेको, स्वास्थ्य मन्त्रालयको बेरुजू १ अर्ब २२ करोड पुगेको, मन्त्रालयपिच्छे अस्पताल र उपचार खर्चको बेथिति रहेको, स्वास्थ्य बिमा बोर्डलाई प्रभावकारी बनाउन ध्यान नदिएको, स्वास्थ्य बिमालाई निजीकरण गर्न उद्दत रहेको, गुणस्तरीय चिकित्सा शिक्षाका बारेमा गम्भीर प्रश्न उठेको, महामारी नियन्त्रण गर्न लापरबाही गरेको आरोप लगाएको छ।

सहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा व्यक्तिकेन्द्रित गरी गठन आदेश संशोधन गरिएको, स्वास्थ्य अनुसन्धानलाई हतोत्साही गरिएको, महिला स्वास्थ्य स्वयंसेविकाहरुमाथि पक्षपातपूर्ण व्यवहार गरेको, राजनीतिक पूर्वाग्रहका आधारमा सरुवा गर्ने गरेको, कोडिभका बेलाको जोखिमभत्ता हालसम्म भुक्तानी नगरिएको, औषधिको मूल्य निर्धारणमा असफल भएकोलगायतका आरोप एमालेले लगाएको छ।

 



Leave a Reply

Your email address will not be published.