ऐन चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका निम्ति कोसेढुंगा : प्रजातन्त्रवादी चिकित्सक संघ

हेल्थपोस्ट नेपाल

काठमाडौं–प्रजातन्त्रवादी चिकित्सक संघले संसदबाट ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी (पहिलो) संशोधन ऐन २०७९’ पारित भएकोमा खुसी व्यक्त गर्दै स्वागत गरेको छ।

संघका अध्यक्ष डा अनिलविक्रम कार्की र महासचिव डा संयुक्त आचार्यले शुक्रबार विज्ञप्ति जारी गर्दै ऐन नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा समर्पित हुने सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाका निम्ति कोसेढुंगा सावित हुने जनाएको छ।

ऐनको भावना र मर्मबमोजिम आवश्यक नियमावली तर्जुमा गरेर स्वास्थ्य सेवा प्रवाहलाई विना कुनै अवरोध शान्तिपूर्ण वातावरणमा सन्चालन गर्ने वातावरण निर्माण गर्नसमेत संघले सरकारसमक्ष आग्रह गरेको छ।

यस्तै, ऐन ल्याउन विशेष भूमिका निर्वाह गर्ने चिकित्सक संघ, सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कानुन मन्त्रालयलगायत सांसदहरुप्रति संघले आभार व्यक्त गरेको छ।



Leave a Reply

Your email address will not be published.