कोरोना संक्रमणले छलाङ लगाउँदै, एकै दिन थपिए २६० संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४४ जनाको नमुना परीक्षण गरिएकोमा २ सय ६० जनामा संक्रमण पुष्टि भएको छ।

यसमध्ये काठमाडौंमा ९० र ललितपुरमा १३ जनामा संक्रमण देखिएको छ।

यो अवधिमा ४८ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ११७१ छ।



Leave a Reply

Your email address will not be published.