एकै दिन २ सय जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १ हजार नाघ्यो

काठमाडौं–नेपालमा एकै दिन दुई सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप २०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ। पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन्।