स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी विधेयक प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत गरिँदै

काठमाडौं–प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक निर्णयार्थ प्रस्तुत गरिँदैछ।
स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
चिकित्सक संघको पहलमा मंगलबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा सहमति भएअनुसार विधेयक प्रस्तुत गर्न लागिएको हो।
आजैको बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७८ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ।