स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयक बुधबार नै संसदबाट पारित गर्ने सहमति

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयकलाई संसदबाट पास गरी ऐनको रुपमा ल्याउने विषयमा नेपाल चिकित्सक संघले स्वास्थ्यमन्त्री, राज्यमन्त्री, स्वास्थ्य सचिवलगायतसँग छलफल गरेको छ।

छलफलमा संघको आग्रहअनुसार विधेयकलाई बुधबार नै प्रतिनिधिसभाबाट पारित गर्ने सहमति बनेको संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए।

बुधबार स्वास्थ्यमन्त्री भवानी खापुङले विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको र बुधबार पारित नभए यो सत्रमा पारित हुने सम्भावना नभएकाले सो सहमति गरिएको डा कार्कीले बताए।

छलफलमा विधेयकमा संशोधन प्रस्ताव राख्ने सांसदहरु पनि उपस्थित थिए। उनीहरु पनि बुधबार नै विधेयक पारित गर्न सहमत भएका छन्। सो अवसरमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ, सल्लाहकार तथा कानुन उपसचिवलगायत उपस्थित थिए।



Leave a Reply

Your email address will not be published.