उकालो लाग्दै कोरोना : थप १७७ जनामा संक्रमण पुष्टि, काठमाडौंमा ९० जनामा देखियो कोरोना

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार २४ घण्टामा थप १७७ जनामा संक्रमण देखिएको छ। ३ हजार १२६ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंमा ९०, भक्तपुरमा १ र ललितपुरमा १३ जनामा संक्रमण देखिएको छ। यस्तै, कास्की र बाँकेमा ८–८ जनामा संक्रमण देखिएको छ।

यो अवधिमा ४१ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ।

 



Leave a Reply

Your email address will not be published.