डा थपलियाको अनुभव : भारतमा क्यान्सर उपचारमा १० महिनामै १ करोड सकेका बिरामीलाई नेपाल पठाइयो

हेल्थपोस्ट नेपाल

काठमाडौं–मेडिकल अंकोलोजिस्ट डा प्रकाश थपलियाले क्यान्सर उपचारका लागि नेपालीहरु भारतमा ठूलो रकम खर्च गर्न बाध्य भइरहेको बताएका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘एक जना बिरामी भेटिनु भो। इण्डियामा एएलएको उपचारमा १० महिनामा १ करोड नेपाली रुपैयाँ सक्नुभएछ। मैले भेट्दा क्यान्सर अनियन्त्रित थियो। तै पनि एक डोजको ३ लाख आइसी पर्ने दबाइ लिइराख्नु भएको थियो। सबै बन्द गरियो र बचेखुचेको जीवन परिवारलाई आर्थिक बोझ नदिई बिताउने सल्लाहसहित घर पठाइयो।’

उनले ‘नेपालबाट भारतमा जाने क्यान्सर बिरामीले गर्ने खर्च, यात्रा र बसाइको झमेला इत्यादि सम्बन्धित कुनै आँकडा वा सामान्य अनुमान छ होला?’ भनी प्रश्न गरेका छन्।

डा थपलियाको ट्वीटको जवाफमा डा प्रभात अधिकारीले भारतका ठूला अस्पतालका ४० प्रतिशत बिरामी नेपाली हुने गरेको एक अनौपचारिक तथ्यांक भएको उल्लेख गरेका छन्। यसका साथै नेपालमा परीक्षण हुने गरे पनि ठूलोमात्रामा ल्याब नमुना भारतमा पठाइने गरिएको छ।

डा थपलियाले क्यान्सर उपचार महंगो भएकाले यसलाई सर्वसाधारणले पहुँचमा ल्याउन सोच्नुपर्ने पनि बताएका छन्।



Leave a Reply

Your email address will not be published.