उकालाे लाग्दै काेराेना: एकै दिन थपिए १२१ संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएकाे हो।

योसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ६७८ पुगेको छ। पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् ।



Leave a Reply

Your email address will not be published.