भारतमा एकै दिन थपिए १८ हजारभन्दा बढी संक्रमित

हेल्थपोस्ट नेपाल

नयाँदिल्ली–भारतमा २४ घण्टा अवधिमा १८ हजार २५७ कोरोना संक्रमित थपिएका छन्। हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय संक्रमित छन्। यो कुल संक्रमितको ०ं.३० प्रतिशत हो। करिब चार महिनापछि १० दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ।

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ।

पछिल्लो एक दिनमा १४ हजार ५५३ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २९ लाख ६८ हजार ५३३ पुगेको छ । कोरोना निको हुने यो दर ९८.५० प्रतिशत रहेको छ।

चौविस घण्टामा कोरोना संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ। कोरोना शुरु भएबाट हालसम्म महामारीका कारण पाँच लाख २५ हजार ४२८ को मृत्यु भएको छ।

 



Leave a Reply

Your email address will not be published.