गेटा मेडिकल कलेजको स्थलगत अध्ययनका लागि संसदीय टोली कैलालीमा

हेल्थपोस्ट नेपाल

काठमाडौं–गेटा मेडिकल कलेजको स्थलगत अध्ययनका लागि प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको एक टोली कैलाली पुगेको छ। टोलीले गेटामा निर्माणाधीन मेडिकल कजेलको स्थलगत अध्ययन गर्नेछ।

समितिका सदस्य योगेशकुमार भट्टराईको नेतृत्वमा सदस्यहरु अञ्जना विशंखे, चित्रलेखा यादव, नविना लामा, भैरवबहादुर सिंह, मानबहादुर विश्वकर्मा र डा दीपकप्रकाश भट्ट स्थलगत अध्ययनमा गएका हुन्। उक्त कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का सांसद नारदमुनी रानालाई पनि आमन्त्रित गरिएको छ।

समितिले त्यहाँ अध्ययन, कार्यकारीसँग अहिलेसम्मको अवस्थाका बारेमा जानकारी लिनुका साथै अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। संसदीय टोली सोमबार काठमाडौं फर्किने छ।

सरकारले आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम र बजेटमा गेटा मेडिकल कलेज सञ्चालनका बारेमा प्रष्ट केही विषय उल्लेख नगरेको भन्दै सुदूरपश्चिमका राजनीतिक दल, सांसदलगायतले विरोध गर्दै आइरहेका छन्।



Leave a Reply

Your email address will not be published.