दुई अस्पतालमा नयाँ मेसु, भेरीमा डा चापागाईं र गजेन्द्रनारायणमा डा साह

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले दुई अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्त गरेका छन्। मन्त्री खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै गजेन्द्रनारायण अस्पतालमा डा प्रकाश साह र भेरी अस्पतालमा डा बद्री चापागाईंलाई नियुक्त गरेका हुन्।

भेरी अस्पतालमा मेसु डा वीरेन्द्रबहादुर चन्दले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा डा चापागाईंलाई नियुक्त गरिएको हो। उनी सोही अस्पतालका ११ औं तहका चिकित्सक हुन्।

तस्बिरमा डा बद्री चापागाईं

 



Leave a Reply

Your email address will not be published.