२१५४ परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ५६४

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप ९८ जनामा कोरोना संक्रमण देखिएको छ। २ हजार १५४ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने २७ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५६४ छ।



Leave a Reply

Your email address will not be published.