गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

हेल्थपोस्ट नेपाल

काठमाडौं- गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जाे आबेको निधन भएको छ। उपचारका क्रममा आबेको निधन भएको हो। उनी ६७ वर्षका थिए।

आबेमाथि गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ। नारा सहरमा आयोजित एउटा राजनीति कार्यक्रममा सहभागी भएका बेला आबेमाथि गोली प्रहार भएको थियो।

भाषण गरिरहेका आबेलाई गोली हानिएको थियो। दोस्रो गोली उनको घाँटीमा लागेको थियो।

यसअघि टोक्योका पूर्वगभर्नर योइची मासुजोएले आबेको अवस्था गम्भीर रहेको बताएका थिए।

जापानमा हाते बन्दुक प्रतिबन्धित छ।

उनी २०१२ देखि २०२० सम्म जापानका प्रधानमन्त्री थिए। पहिलोपटक २००६ मा आबे प्रधानमन्त्री बनेका थिए। तर, त्यतिबेला उनलाई एक वर्षपछि राजीनामा दिनुपरेको थियो।

उनले २०२० मा बिमारीका कारण पद छाडेका थिए। ६५ वर्षीय आबेलाई पछिल्लो समय ‘अल्सरेटिभ कोलाइटिस’ को समस्या थियो।

जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेको कीर्तिमान उनले बनाएका छन्।

 



Leave a Reply

Your email address will not be published.