सात आयुर्वेद चिकित्सक सम्मानित

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपाल आयुर्वेद चिकित्सक संघले आफ्नो स्थापना दिवसका अवसरमा ७ आयुर्वेद चिकित्सकलाई सम्मान गरेको छ।

सम्मानित हुनेहरुमा डा चन्द्रराज सापकोटा, डा कादम्बरी आचार्य, डा मायादेवी गौतम, डा रामचन्द्र अधिकारी, डा बाबुराजा अमात्य, डा रामचन्द्र पाण्डे र डा सुरज कर्मचार्य छन्। उनीहरुलाई स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले सम्मान गरेका हुन्।

त्यसअवसरमा संघका अध्यक्ष डा। श्यामबाबु यादवले राष्ट्रिय आयुर्वेद प्रतिष्ठानको स्थापना, सरकारी सेवामा रहेका आयुर्वेद चिकित्सकहरूले वृत्तिविकास, आयुर्वेद औषधिको उत्पादन र गुणस्तर निर्धारण, जिल्ला आयुर्वेद औषधालयको आयुर्वेद चिकित्सालयमा स्तरोन्नति र औषधिजन्य जडीबुटीको अनुसन्धानको लागि राष्ट्रिय औषधिजन्य वनस्पति बोर्डको स्थापना, एवं परम्परागत चिकित्सकीय ज्ञानको संरक्षण एवं प्रवर्धन गर्न राष्ट्रिय अभिलेखीकरण प्रक्रियाको थालनी गर्नुपर्ने कुरामा जोड दिएका थिए।

 

 



Leave a Reply

Your email address will not be published.