जापानी पूर्वप्रधानमन्त्रीमाथि गोली प्रहार, हृदयघातसमेत भएपछि गम्भीर अवस्थामा उपचार हुँदै

हेल्थपोस्ट नेपाल

काठमाडौं–जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। पश्चिमी क्षेत्रस्थित नाराको एक राजनीतिक कार्यक्रममा सडकमा भाषण गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको हो।

गोली प्रहारबाट लडेपछि उनलाई हृदयाघातसमेत भएको जापानी सञ्चारमाध्यमले जनाएका छन्। उनको गर्धनमा चोट लागेको र छातिभित्र ब्लिडिङ पनि भएको जनाइएको छ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले शिन्जोको अवस्था गम्भीर रहेको बताए। उनले आक्रमणको कडा शब्दमा निन्दा गर्ने भन्दै लोकतन्त्रमा यस्ता हिंसाको कुनै स्थान नभएको बताएका छन्।

प्रहरीले एक जना ४१ वर्षीय संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ। आक्रमणकारी शंका गरिएका व्यक्ति मेरिटाइम सेल्फ डिफेन्स फोर्सका सदस्य भएको बताइएको छ। सरकारी सञ्चारमाध्यम एनएचकेले तेत्सुया यामागामी नाम भएका आक्रमणकारीले ह्याण्डमेड गनबाट गोली हानेका थिए।

आबेको गम्भीर अवस्थामा नारा मेडिकल युनिभर्सिटीमा उपचार भइरहेको छ। घटना स्थानीय समयअनुसार बिहान साढे ११ बजेको हो ।

सन् २०२० मा प्रधानमन्त्री पदबाट हटे पनि आबे सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा अझैपनि प्रभावशाली मानिन्छन्।



Leave a Reply

Your email address will not be published.