थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५१५ परीक्षणमा ७८ जनामा संक्रमण भएको हो।
याेसँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ५०८ पुगेको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैकाे पनि मृत्यु भएकाे छैन।