एक लाख राशीको ‘रुपा चिकित्सा अवार्ड’ स्थापना

काठमाडौं–नेपाल चिकित्सक संघ र रुपा फाउण्डेसनको संयुक्त पहलमा ‘रुपा चिकित्सा अवार्ड’ स्थापना गरिएको छ। काठमाडौं १६ बालाजु निवासी समाजसेवी रुपा श्रेष्ठको स्मरणमा रुपा चिकित्सा अवार्ड २०७९ को स्थापना गरिएको हो। उक्त अवार्ड श्रेष्ठको जन्मजयन्ती फागुन १० गते प्रदान गर्ने जनाइएको छ।
नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा संघका अध्यक्ष डा लोचन कार्की एवं रुपा फाउण्डेसनका संयोजक आत्माकृष्ण श्रेष्ठबीच उक्त सम्झौता भएको हो।
चिकित्सकीय पेशामा समर्पित भई योगदान दिने उत्कृष्ट एक जना चिकित्सकलाई उक्त अवार्ड दिइने छ। अवार्डको राशी एक लाख रुपैयाँ हुने छ।