योगा सुरु गर्दा ध्यान दिनुस् यी कुरामा

हेल्थपोस्ट नेपाल

यदि पहिलोचोटि योगा गर्दै हुनुहुन्छ भने केही प्राथमिक कुरा थाहा पाउनुपर्छ। सुरु गर्नुअघि प्रशिक्षकसँग सल्लाह गर्नुपर्छ। अनि आफ्नो डाक्टरलाई स्वास्थ्य समस्या वा विगतमा कुनै चोटपटक लागे–नलागेको जानकारी गराउनुपर्छ। मधुमेह, उच्च अथवा न्युन रक्तचाप, आर्थराइटिस, मुटु रोग या अन्य जोखिम छ भने प्रशिक्षकलाई भन्नुपर्छ।

आफूले योगा सिक्ने प्रशिक्षक र उसका अनुभवका बारेमा स्पस्ट हुनुहोस्, ताकि तपाईंलाई भविष्यमा कुनै समस्या आउँदा अप्ठेरो नहोस्। हरेक प्रशिक्षक आ–आफ्नो हिसाबले दक्ष भए पनि तपाईंलाई सजिलो लाग्ने प्रशिक्षक रोज्नु राम्रो हुन्छ।

ध्यान दिनुपर्ने कुराः
उमेरसँगै शरीरको सन्तुलन बिग्रँदै जान्छ। अनि मांसपेशी पनि कमजोर हुँदै जान्छ । यस्तो अवस्थामा योगा गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ। केही अध्ययनअनुुसार ६५ वर्षभन्दा माथिकाले योगा गर्दा चोट लाग्ने जोखिम सबैभन्दा बढी हुन्छ। तथापि केही कुरामा ध्यान दिएको खण्डमा धेरै हदसम्म जोखिम कम गर्न सकिन्छ।

दक्ष प्रशिक्षकको निगरानीमा योगाभ्यास गर्ने कार्यलाई सुरक्षित शारीरिक अभ्यास मानिन्छ।

तर योग मुद्रा पूर्ण रुपमा नसिकी आफैँ प्रयास गर्नुहुन्न।

योगाभ्यास गर्दा धेरैजसो मांसपेशी च्यातिन सक्छ, जसले गर्दा घुँडा जोर्नी र खुट्टाको तल्लो भागमा असर पर्छ। तर पनि चोटपटक लाग्ने जोखिम अरु शारीरिक अभ्यास र खेलकुदमा भन्दा कम हुन्छ।
यदि तपाईं नयाँ हुनुहुन्छ भने योग मुद्रा जस्तै शीर्षासन, सर्वांगासन, पद्मासनजस्ता आसन गर्नुहुन्न। छिटो–छिटो लामो सास लिने पनि नगर्नुहोस्। यी सबै आसन आफ्नै तरिका एवं निरन्तर अभ्यासद्वारा सिकाइन्छ।

हठ योगाको अभ्यासमा धेरै जोखिम हुन्छ । यसमा धेरै तातो हुने र शरीरमा पानीको मात्रा कम हुँदै जान्छ।

गर्भवती महिला, ज्येष्ठ नागरिक एव दीर्घ रोगीले योगा सुरु गर्दा डाक्टर र योग प्रशिक्षकसँग सल्लाह लिनु पर्छ।

कुनै–कुनै अवस्थामा केही व्यक्तिहरुलाई आसनहरुमा परिवर्तन गर्नु पर्ने हुन सक्छ। जस्तै, जोर्नी, घुँडा र कुहिनोको चोट भएकाहरु, मेरुदण्डको रोगी, उच्च रक्तचाप, ग्लुकोमा भएकाहरु र शारीरिक सन्तुलनमा समस्या भएकाहरुले आसनमा परिवर्तन गर्नुपर्ने हुनसक्छ।

 

 

 

 

 

 

 



Leave a Reply

Your email address will not be published.